Rule 41
मूल्याङ्कन पुनरावलोकनका लागि निवेदन दिन सक्ने
भन्सार अधिकृतले ऐनको दफा १३ बमोजिम गरेको निर्णय वा आदेशउपर चित्त नबुझ्ने व्यक्तिले पुनरावलोकनको लागि मूल्याङ्कन पुनरावलोकन समिति समक्ष अनुसूची–८ बमोजिमको ढाँचामा निवेदन दिन सक्नेछ । यसरी निवेदन दिएकोमा त्यस्तो निवेदनको प्रतिलिपि निवेदन दिएको सात दिनभित्र सम्बन्धित भन्सार कार्यालयमा समेत दिनु पर्नेछ ।